मिस्टर एण्ड मिस किड्स नेपाल–३ को उपाधि रायन र रिदिमालाई

0
495

मिस्टर एण्ड मिस किड्स नेपाल सिजन–३ को अन्तिम प्रतिस्पर्धा शुक्रबार काठमाडौँको शंखमूलस्थित अनमोल ब्याङ्क्वेट एण्ड रिसेप्सनमा सफलतापूर्वक सम्पन्न भएको छ। विविध प्रतिस्पर्धात्मक तथा आकर्षक चरणहरू पार गर्दै रायन राना मगर र रिदिमा ओझेलले यस वर्षको उपाधि हासिल गरेका छन्। प्रतिभा प्रदर्शन, आत्मविश्वास, प्रस्तुति शैली तथा समग्र व्यक्तित्व मूल्याङ्कनका आधारमा उनीहरू विजेता घोषित भएका हुन्।

त्यसैगरी, ओफिरा जे जाधरी र अर्बिशा चौलागाईंले प्रथम उपविजेताको स्थान प्राप्त गरेका छन्। अमेलिया अधिकारी र रैशा अधिकारी द्वितीय उपविजेता घोषित भए भने ब्लेस श्रेष्ठ र कृबा भट्टराई तृतीय उपविजेता बन्न सफल भएका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिशिर भण्डारीको उपस्थिति रहेको थियो।

निर्णायक मण्डलमा लाभिन अन्सारी, स्नेहा राउत थापा तथा सूर्यदीप घताने सहभागी रहेका थिए। आयोजक संस्था शाह स्टुडियो एण्ड कम्पनीका अध्यक्ष मोनु शाहका अनुसार बालबालिकाको अन्तर्निहित प्रतिभा, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

उनले आगामी दिनमा अझ प्रभावकारी तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। बाल प्रतिभाको खोज, प्रोत्साहन र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रमले अभिभावक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।

Leave a reply

Please enter your comment!
Please enter your name here